काठमाडौं ।
घरेलुु लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १६ हजार सात सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात लाख ६७ हजार पाँच सय ४० रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी सात करोड तीन लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड एक लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ करोड १३ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने दुुई लाख एक हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक करोड ५६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ करोड ३९ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने एक लाख ८८ हजार रुपैयाँ रहेको थियो ।