नयाँ दिल्ली ।
भारतमा शुक्रबार थप ४१ हजार ८ सय १० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।
एएनआईका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ४ सय ९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितहरुमध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ ।
भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएका आइतबार २२औँ दिन हो । भारतमा १३ करोड ९५ लाख ३ हजार ८ सय ३ जना व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले आइतबार जानकारी दिएको छ । नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४ सय ४९ जनाको परिक्षण गरिएको पनि आईसीएमआरले जनाइएको छ ।