काठमाडौँ ।
रिलायन्स फाइनान्स वित्तीय कारोबार सञ्चालनको १२औं वर्षमा प्रवेश गरेको छ । विसं २०६६ सालबाट औपचारिकरूपमा वित्तीय कारोबारको सुुरुवात गरेको फाइनान्स यही मंसिर १८ गते अर्थात् आज बिहीबारबाट ११औं वर्ष पूरा १२औं वर्षमा प्रवेश गरेको हो । सोही अवसरमा फाइनान्सले थप १० वटा शाखाहरू सञ्चालनमा ल्याएको छ । ती शाखाहरूको औपचारिक समुद्धघाटन आज हुुने फाइनान्सका प्रमुुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिएका छन् । संस्थापक सेयरधनी र सक्षम व्यवस्थापनकारण फाइनान्स यहाँसम्मको उचाइ हाँसिल गरेको उनले बताए । फाइनान्सलाई यो स्थानसम्म ल्याउनको लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, फाइनान्सका सम्पूर्ण सेयरधनी, कर्र्मचारीहरू, ग्राहक, सुभचिन्तक सबैको निकै ठूलो हात रहेको छ, प्रभुख कार्यकारी श्रेष्ठले भने ।
काठमाडौँमा केन्द्रीय कार्यालय रहेको फाइनान्सको काठमाडौँं कै न्यूरोड, कास्कीको पोखरा, चितवनको नारायणगढ, लमजुुङको बेँशीशहर, काभ्रेको जनगालसहितका स्थानहरूमा १० वटा शाखाहरू सञ्चालनमा रहेका छन् । आज औपचारिकरूपमा समुद्घाटन हुने थप १० वटा समेत गरी फाइनान्सका कुल शाखा संख्या २० वटा पुुगेको छ । आज फाइनान्सले चितवनको टाँडी, रूपन्देहीको भैरहवा, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कैलालीको अत्तरिया, कैलाली जिल्लाकै धनगढी, झापा जिल्लाको दमक, बिर्तामोड र धुलाबारी र काठमाडौँको सितापाइला समेतमा गरी १० वटा शाखाको औपचारिक समुद्घाटन गर्नेछ ।
स्थापनाकालदेखि नै निरन्तर नाफामा सञ्चालन हुँदै आएको फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुुई करोड दुई लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । हाल चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको फाइनान्सले यस अवधिमा पाँच अर्ब ६० करोड ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ९५ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको वितरयोग्य नाफा भने एक करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेको छ ।