काठमाडौं ।
फर्च्युन फार्मेसी र इन्ता अटायर बुटिकको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । फार्मेसीको पहिलो वार्षिकोत्सवको अवसरमा इन्ता अटायर समेतको सहभागितामा बालाजुुको माछापोखरीस्थित वार्ड नम्बर १६ मा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण स्वास्थ क्षेत्रमा रगतको अभाव भएको र त्यो अभावलाई केही हदसम्म भए पनि पूर्ति गर्न सक्छौँ कि भनेर रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ’, इन्ता अटायर बुटिककी सञ्चालिका इन्ता श्रेष्ठले भनिन् । श्रेष्ठका अनुसार कार्यक्रममार्फत ५० प्रिन्ट रगत संकलन भएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बालाजु वडा नम्बर १६ का वडा अध्यक्ष मुकुुन्द रिजाल, माछापोखरी टोलसुधार समितिका अध्यक्ष रामबहादुर लामा, फर्च्युन फार्मेसीका सञ्चालक सुवास छतकुलीलगायतका व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा फार्मेसीका सञ्चालक छतकुुलीले वार्षिकोत्सवको अवसर पारेर सुरक्षित रक्तदान कार्यक्रम, निःशुल्क सुगर जाँच, थाइराइड जाँचमा ५० प्रतिशत छुुट, दीर्घरोगी तथा ज्येष्ठ नागरिकहरुलाई औषधि खरिदमा विशेष छुट, निःशुल्क मास्क वितरण, अन्य रगत जाँचमा २० प्रतिशत छुट दिने जानकारी दिए ।