काठमाडौं ।
आईसीएफसी फाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हालसम्म कायम रहेको चुक्ता पुँजी ९२ करोड ६५ लाख दुुई हजार रुपैयाँबाट १५ प्रतिशतको अनुपातमा १३ करोड ८९ लाख ७५ हजार तीन सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सका अनुसार घोषित लाभांशमध्येमा चुक्ता पुँजीको १० दशमलव ५० प्रतिशत अर्थात् नौ करोड ७२ लाख ८२ हजार सात सय १० रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको चार दशमलव ५० प्रतिशत अर्थात् चार करोड १६ लाख ९२ हजार पाँच सय ९० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्वन्धमा सञ्चालक समितिको यही मंसिर २१ गते बसेको सञ्चालक समितिको दुुई सय ७१औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।