काठमाडौं ।
सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
काउन्टर सञ्चालनपश्चात् अब ललितपुरको एकान्तकुनस्थित यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरूले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरू सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन् । करिब पाँच लाखभन्दा बढी ग्राहकहरूलाई एक सय १४ शाखाहरू तथा तीनवटा एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टरसहित) मार्फत सेवा प्रदान गरिरहेको बैंकले करिब ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको जानकारी दिएको छ ।