लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताएका छन् । यसैहप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उनले उक्त धारणा राखेका हुन् । ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रसेल्स भ्रमण गर्दै छन् । ‘हामी आशावादी हुनुपर्दछ र विश्वास गर्नु पर्दछ कि व्यापार वार्ताले सफलता पाउनुपर्छ’, जोनसनले भने ।