काठमाडौं ।
लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ७१ करोड ६३ लाख ११ हजार सात सय २५ रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा २७ करोड १६ लाख ३१ हजार एक सय ७२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकका अनुसार घोषित लाभांशमध्येमा सात प्रतिशत अर्थात् १९ करोड एक लाख ४१ हजार आठ सय २१ रुपैयाँबराबरको बोनस सेयर र तीन प्रतिशत अर्थात् आठ करोड १४ लाख ८९ हजार तीन सय ५१ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको मंगलबार बसेको तीन सय ७८औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।