काठमाडौं ।
युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफामध्ये पनि कुुनै पनि लाभांश नदिने भएको छ । फाइनान्सको यही मंसिर २४ गते बसेको सञ्चालक समितिको दुुई सय ५५औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुुनाफाबाट कुुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । फाइनान्सका अनुसार वित्तीय अवस्थालाई थप सवल र सशक्त बनाउनको लागि कुनै पनि किसिमको लाभांश वितरण नगर्ने निर्णय गरिएको हो । फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १४ लाख ४८ हजार चार सय ८४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ३७ लाख ५१ हजार तीन सय ५४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ४६ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब ८९ करोड ५५ लाख ५६ हजार आठ सय ११ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५१ करोड १२ लाख ६७ हजार सात रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड सात लाख १९ हजार पाँच सय ४८ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोफाइनान्समा दुुई दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ८९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब १४ करोड ३६ लाख ३८ हजार नौ सय ५६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८४ करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड सात लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५९ प्रतिशत रहेको थियो ।