काठमाडौं ।
सानिमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायण चौरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो ।
शुुक्रबार अपरान्ह एक बजेदेखि तीन बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरेका छन् । बंैकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।