काठमाडौं,पुस १७
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । उक्त योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिमे एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्ने बताए । टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले न्यू इयर कार थिम ज्यानुअरी महिनाभरि नै लागू हुने जानकारी दिए । यो थिमअन्तर्गत धेरै इभेन्टहरू रहेको उनको भनाइ थियो । यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने उनले बताए । साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनिले आग्रह समेत गरेको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।