काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले विन्टर अफ सार्वजनिक गरेको छ । कम्पनीले केही समयअगाडि सञ्चालन गरेको तीनवर्षे फ्री डिम्याट खाता योजनामा आफ्ना ग्राहकहरूको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरूको लागि मंसिर २४ गतेदेखि पुस मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि फ्रि डिम्याट खाता योजना सञ्चालनमा ल्याएको हो ।
योजनाअन्तर्गत खाता खोल्न चाहने ग्राहकहरूको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरूले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाइहरूलाई यस योजनामा जोडी निःशुल्क डिम्याट खाता अनलाइनबाट खोली समय तथा रकमको बचत गरी सेयर कारोबार गरौं, गराऔं भन्ने सन्देश पनि प्रवाह हुने कम्पनीले जानकारी दिएको छ ।