काठमाडौँ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल स्टारको विजेतालाई एक करोडबराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँबराबरको जीवनशान्ति बीमा योजना प्रदान गर्ने भएको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्रकुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुुन् । सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री र रामकृष्ण ढकाललगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।