काठमाडौं, पुस १७
प्रभु बैंकले आफ्नो जिल्ला प्रशासन कार्यालय इनरुवामा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको बुुधवार सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले एक समारोहका बीच समुद्घाट्न गरेका हुुन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारीरूपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभुको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल दुुई सय दुुईवटा शाखा कार्यालय, एक सय ५२ वटा एटीएम, ४० वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।