अमेरिका, पुस १७ प्रविधि कम्पनी माइक्रोसफ्टले उत्तर कोरियाली ह्याकरले गम्भीर सूचना चोरी गरेको बताएको छ । सोमबार कम्पनीले उत्तर कोरियाली ह्याकरले सूचना चोर्न प्रयोग गरेको थालियम वेबसाइट नियन्त्रणमा लिएको जनाएको हो । थालियम सूचना चोरीका लागि ह्याकरले प्रयोग गरेको कम्पनीले अनुमान गरेको छ । ह्याकरहरुले सरकारी कर्मचारी, बुद्धिजीवी, युनिभर्सिटी कर्मचारी र आणविक क्षेत्रमा काम गर्नेहरुको सूचना चोरी गर्ने प्रयास गरेको थियो । ह्याकरले अमेरिकी अधिकारीको सूचना चोर्ने प्रयास गरेको कम्पनीले जनाएको छ । त्यस्तै जापान र दक्षिण कोरियालाई पनि ह्याकको निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । कम्पनीले सूचना चोरीमा प्रयोग भएका ५० वेब डोमेनहरु नियन्त्रणमा लिएको छ । थालियमले मालवेयर प्रयोग गरी सिस्टमबाट डाटा चोर्ने कम्पनीको भनाइ छ ।