काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूलाई नेसनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा छुुट पाउने भएका छन् । बैंकका अनुसार बीओकेको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा उक्त ल्याबमा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएपछि ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ क्षेणीको मान्यताप्राप्त प्रयोगशाला नेसनल प्याथ ल्याब तथा रिसर्च सेन्टरले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढीलगायतको क्षेत्रहरूमा सेवा प्रदान गर्दै आइरहेको छ ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्का र नेसनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालि, रूपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुुन् । बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।