इस्लामावाद, पुस १७ पाकिस्तानको संघीय राजस्व बोर्डले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्य भेट्टाउन असफल भएको छ । २३ खर्ब ६७ अर्ब पाकिस्तानी रुपैयाँको लक्ष्य लिए पनि २० खर्ब ८० अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको हो । यो भनेको २ खर्ब ८७ अर्बले कम हो । पाकिस्तानी कर प्राधिकरणले २ देखि ४ अर्बसम्म थप राजस्व संकलन हुने जनाएको छ । संकलित राजस्व गत वर्षको १७ खर्ब ८४ अर्बको तुलनामा १६.९५ प्रतिशतले बढी हो ।