ढाका ।
भारतले बंगलादेशलाई तेस्रो देशमा वस्तु निर्यातका लागि आफ्नो समुद्री बन्दरगाह प्रयोग गर्न आग्रह गरेको बंगलादेशी मिडियाहरुले जनााएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भएको भर्चुअल बैठकमा भारतले उक्त अफर गरेको हो ।‘हामीले बंगलादेशलाई हाम्रो समुद्री बन्दरगाहबाट रेलवे कन्टेनरहरु प्रयोग गरी तेस्रो देशमा वस्तु निर्यात गर्न अफर गरेका छौँ’, हसिना–मोदी बैठकबारे ब्रिफिङ गर्दै भारतीय विदेश मन्त्रालयकी बंगलादेश र म्यान्मार हेर्ने सहसचिव स्मिता पन्तले भनिन् ।
कोभिड महामारीमा रेल कन्टेनरमार्फत व्यापार सफल भएको थियो भने यसले बंगलादेशको आपूर्ति प्रणालीमा सघाउ पुगेको थियो । पन्तले बंगलादेशको विजय दिवसमा भारतले १२० एमएमका १८ मोर्टार बंगलादेशलाई हस्तान्तरण गरेको बताइन् । यो दुई देशको रक्षा सहकार्यअन्तर्गत भएको उनले बताइन् । दुई देशले रक्षा सहकार्यमा हातेमालो गर्दै आएका छन् ।