काठमाडौँ । सनराइज बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको तेस्रो कारोबार दिन मंगलबार पाँच दशमलव ८० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय ३९ रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक दुई सय ५३ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण २४ अर्ब ४५ लाख तीन सय ४४ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार आठ सय रुपैयाँबराबरको नौ करोड ४८ लाख ७९ हजार चार सय ४८ कित्ता सेयर सूचीकृत रहेको छ ।