काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले स्यानिटाइजर मेसिन जडान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरूको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा शुुक्रबार अटोमेटिक स्यानिटाइजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ ।
यसबाट कोभिड–१९ को जोखिम न्यूनीकरण भई भक्तजनहरूले सुरक्षितरूपमा मन्दिर परिसरभित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन् । साथै प्रभु क्यापिटलले सामाजिक दायित्वअन्तर्गतका कार्यहरू गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता काम गर्दै अगाडि बढ्न प्रतिबद्धता व्यक्त गरेको छ ।