काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।