काठमाडौं ।
घरेलुु लघुुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको उक्त संस्थाले दोस्रो साधारणसभा संस्थाका अध्यक्ष आङदेण्डी शेर्पाको सभापतित्वमा मंगलबार काभ्रेको बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न गरेको हो । सभाले घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र समता लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जरलाई अनुमोदन गरेको छ । राष्ट्रियस्तरको यस संस्थाले १० जिल्ला कार्यक्षेत्र रहेको समता लघुवित्तलाई गाभ्ने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ ।
राष्ट्रियस्तरको यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरूमा १३ शाखा कार्यालयहरू स्थापना गरी विगत २ वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले २०७७ मंसिर मसान्तसम्ममा सात हजार तीन सय घर परिवारहरूमा सेवा विस्तार गर्दै ५९ करोडभन्दा बढी लगानी गरी लगानीमा रहिरहेको रकम ३० करोड ५९ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले जानकारी दिए ।