काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ११ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा पाँच करोड एक लाख ३० हजार रुपैयाँ रहेको थियो । कम्पनीको हाल चुक्ता पुँजी भने एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।