काठमाडौं, पुस १८ नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुुणाकर भट्ट नियक्त भएका छन् । राष्ट्र बैंकका अनुसार डा. भट्टलाई बुुधबारदेखि नै कार्यान्वयनमा आउने गरी प्रवक्ताको जिम्वेवारी सुम्पिएको हो । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भट्ट नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक हुुन । यसअघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला रहेका थिए । उनको उमेर हदका कारण यही माघबाट अवकाश पाउने र हाल अवकाशपूर्वको अनिवार्य बिदाअन्र्तगत यही पुुस आठ गतेदेखि घर बिदामा बसेका छन् ।