काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिएको छ । कम्पनीका अनुसार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नका लागि यही पुुस १७ गते शुक्रबारको दिन तालिम दिइएको हो । सो तालिममा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनीतिहरूको बारेमा जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै थकालीले कर्मचारीहरूको मनोबलमा वृद्धि गरी उत्प्रेरणा प्रदान गर्दै सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरे साथै इन्भेष्टमेण्ट बैंकिङको अवधारणालाई प्रकाश पार्दै आगामी दिनमा सोहीबमोजिमको कार्यहरू गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।