अमेरिका  । अमेजन डटकम इन्कले डेलिभरी चाप व्यवस्थापनका लागि ११ वटा नयाँ बोइङ विमानहरु खरिद गरेको मंगलबार जनाएको छ । रोयटर्सका अनुसार कम्पनीले बोइङ ७६७–३०० विमानहरु छिटो डेलिभरीका लागि प्रयोग गर्न खरिद गरेको जनाएको हो । कम्पनीले किनेकामध्ये सातवटा डेल्टा एयरलाइन्स र चारवटा वेस्टजेट एयरलाइन्ससँग सहकार्य गर्ने बताइएको छ ।