काठमाडौं । माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच सम्झौता भएको छ । बैंकले महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडसँग सहुलियतपूर्ण सवारी कर्जा दिने बिषयमा सम्झौता गरेको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृृत सन्तोष कोइराला र अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउनेछ ।