काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दुई दिन लगातार ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार १३ दशमलव सात अंकले उकालो लागेर २१ सय ७८ दशमलव ५७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले उकालो लागेर चार सय १८ दशमलव १४ अंकमा चढेको छ ।
यसदिन १२ वटा उपसमूहका दुई सय पाँचवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४० हजार तीन सय ६७ पटकको कारोबारमा एक करोड पाँच लाख ३५ हजार दुई सय १६ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ४२ करोड ५४ लाख ७२ हजार तीन सय ३९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये ट्रेडिङ र जलविद्युत् समूहको सूचक क्रमशः २० दशमलव ९९ र १२ दशमलव आठ अंकले ओरालो लागेर क्रमश २३ सय ४९ दशमलव ३५ र १६ सय ६१ दशमलव ५४ अंकमा झरेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव आठ अंकले उकालो लागेर १६ सय ४७ दशमलव ५० अंकमा चढेकोमा विकास बैंक समूहको सूचक २२ दशमलव ९५ अंकले उकालो लागेर २२ सय नौ दशमलव ८५ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय १२ दशमलव ६६ अंकले उकालो लागेर नौ हजार नौ सय ३१ दशमलव ५१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि २४ दशमलव ८३ अंकले उकालो लागेर १३ हजार नौ सय २४ दशमलव २५ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव ८५, तीन दशमलव छ, ३० दशमलव छ, छ दशमलव ३३, ५६ दशमलव ३१ र शून्य दशमलव शून्य नौ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको कालिका लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय ६८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतले बढेर २१ सय ७९ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य आठ दशमलव ५५ प्रतिशतले घटेर चार सय २८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव १३ प्रतिशतले घटेर एक सय ११ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक घलेम्दी हाइड्रोपावर कम्पनी, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकै दिन प्रतिकित्ता २३ सय ८४ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ३३ लाख ८६ हजार सात सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १८ सय ६० रुपैयाँ अन्तिम मूल्यमा २० करोड दुई लाख २१ हजार सात सय ८० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकम आदिको पनि बढी रकम कारोबार भएका छन् ।