काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको चौथो कारोबार दिन बुुधबार १३ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ७८ रुपैयाँ तोकेको छ । पछिल्लो पटक पाँच सय ४० रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको बैंकको बजार पुँजीकरण भने ८६ अर्ब ९४ करोड ७१ लाख १९ हजार तीन सय ६० रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १६ अर्ब १० करोड १३ लाख १८ हजार चार सय रुपैयाँबराबरको १६ करोड १० लाख १३ हजार एक सय ८४ कित्ता सेयर सूचीकृत रहेको छ ।