काठमाडौं ।
सिभिल सहकारीले राखेको १२ करोड रुपैयाँ फिर्ता नपाएपछि सिभिल क्यापिटलले यसअघि दिने भनेको पाँच प्रतिशत लाभांशलाई बोनसमा परिणत गर्ने प्रयास गरेको छ । बुधबार बसेको सिभिल क्यापिटलको बोर्ड बैठकमा नगद लाभांश दिन नसकिने अवस्था आएकाले पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको तर आपसी सहमति नहुुँदा निर्णय हुुन नसकेको थाहा भएको छ ।
सिभिल क्यापिटलमा सिभिल बैंकका सुनिल पोखरेल अध्यक्ष रहेका छन् भने सञ्चालकहरुमा डा. गोकुुल बुुर्लाकोटी, शिखा मास्के, सृजना शाक्य तामाङ र अनिल ढुंगेल रहेका छन् । सिभिल क्यापिटलको आगामी आइतबार साधारणसभा हुँदै छ । त्यसले यसअघि लगानीकर्ताहरुलाई पाँच प्रतिशत नगद लाभांश दिने भनी सूचना प्रकाशित गरेको थियो । गरेको घोषणालाई पारित गर्नुपर्नेछ । तर सिभिल बैंकका समेत अध्यक्ष रहेका इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल सहकारीमा राखेको १२ करोड रुपैयाँ डुबेपछि क्यापिटलले सेयर होल्डरहरुलाई दिने भनी घोषणा गरेको पाँच प्रतिशत नगद लाभांश दिन नसक्ने अवस्थामा पुगेको हो । त्यही कारण बुुधबारको बैठकले त्यस सम्बन्धमा निर्णय गर्न नसकेको बुझिएको छ ।