काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही माघ १५ गते छैटौँ विशेष साधारणसभाको आह्वान गरेको हो । बैंकको यही पुुस २२ गते बसेको सञ्चालक समितिको तीन सय ५१औं बैठकले विशेष साधारणसभा बस्ने निर्णय गरेको हो । सभाले हाल कायम रहेको अधिकृत पुँजी १० अर्ब रुपैयाँलाई वृद्धि गरी १५ अर्ब रुपैयाँ पु-याउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बैंकले पछिल्लो पटक क्षेत्रीयस्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने विषयमा अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।