काठमाडौं ।
माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट (गोकर्णेश्वर, बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएपछि ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरी पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय ६० वटा शाखाहरू एक सय ४८ शाखारहित बैकिङ सेवा तथा पाँच शाखारहित बैंकिङ समेत गरी जम्मा तीन सय १३ स्थानबाट ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर एक सय ९८वटा एटीएमहरू सञ्चालनमा रहेको छ ।