काठमाडौं ।
प्रभु बैंकले इलाम जिल्ला अस्पताललाई रकम सहयोग गरेको छ । बैंकले इलाम शाखा कार्यालयले इलाम जिल्ला अस्पतालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका अनुसार उक्त शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पतालका मेसु डा. प्रभु शाहलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सो आर्थिक सहयोगमा अस्पतालमा जडान हुने एरो प्लान्टबाट व्यवस्थितरूपमा सफा खानेपानी वितरण हुने अपेक्षा गरिएको बैंकले जानकारी दिएको छ । साथै अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीहरूले सफा खानेपानी प्रयोग गर्न पाउने विश्वास पनि बैंकले लिएको छ ।
बैंकका अनुसार सहयोग रकम हस्तान्तरण कार्यक्रममा इलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य इन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतनकुमार चौधरीलगायतको व्यक्तिहरूको उपस्थिति रहेको थियो ।