काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुुकुुवा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रयोजनको निम्ति विसं २०७७ असोज नौ गतेको संयुक्त पत्रबाट सैद्धान्तिक सहमतिको लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए ।
तर उक्त संस्थाको सयुक्त मर्जर समितिको यही पुुस सात गतेको निर्णयले प्रारम्भिक सहमति रद्ध गरेको जानकारी दिँदै देउराली लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभ्नको लागि आवेदन दिएको छ । सोही आधारमा बैंक तत्कालको लागि संस्थाको सेयर कारोबार रोक्का राख्न आवश्यक नरहेकाले फुकुवाको लागि अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।