टोकियो ।
जापानमा विगत २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिको संख्या सात हजार १०९ पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले शनिबार बताएका छन् । जापानमा अहिलेसम्म कोभिड–१९ संक्रमितको कुल संख्या दुई लाख ८१ हजार ९ सय ९२ पुगेको छ भने चार हजार २० कोभिड संक्रमित विरामीको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले गम्भीर अवस्थामा रहेका कोभिड–१९ संक्रमित बिरामीको संख्या ८ सय २७ रहेको छ । महामारीको केन्द्र मानिएको राजधानी टोकियोमा शनिबार दुई लाख २ सय ६८ थप संक्रमित रहेको पुष्टि गरिएको छ । एकै दिनमा राजधानीमा दुई हजारभन्दा बढी संक्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो ।
राजधानी टोकियोमा मात्र संक्रमित हुनेको संख्या ७३ हजार ४ सय ५० पुगेको छ । जापानको खास गरी सहरी क्षेत्रमा संक्रमण दर निरन्तर वृद्धि भएपछि प्रधानमन्त्री योशिहिडे सुगाले गत बिहीबारदेखि टोकियो, कानागावा र चाइबा क्षेत्रमा स्वास्थ्य संकटकाल घोषणा गरेका छन् ।