काठमाडौं । सरकारले माघ १ गते अर्थात् माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी हो । अन्य समुदायले पनि माघीलाई माघे संक्रान्तिको रुपमा मनाउने गर्छन् ।