काठमाडौं ।
नेपाल हस्तकला महासंघको ४०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको सभापतित्वमा सीमित संख्यामा महासंघको सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट गत बुधबार साधारणसभा गरिएको हो ।
साधारणसभाको उद्घाटन महासंघका संस्थापक अध्यक्ष सागर शमशेर राणाले गरेका थिए । सभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग सचिव चन्द्र कुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए । वार्षिक सभाको बन्दसत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदनमाथि छलफल भई पारित भएको थियो ।