काठमाडौं । सिभिल बैंकले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बेंकले हाल कायम रहेको चुक्ता पुँजी आठ अर्ब ३३ लाख ८९ हजार छ सय ७३ रुपैयाँ मध्येबाट आठ प्रतिशतका दरले हुन आउने ६४ करोड दुई लाख ७१ हजार एक सय ७३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशतले हुन आउने तीन करोड ३६ लाख ९८ हजार चार सय ८२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी बैंक सञ्चालक समितिको यही पुुस २७ गते बसेको सञ्चालक समितिको तीन सय २५औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।