काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले लाभी रेस्टुरेन्टमा छुट पाउने भएका छन् । बैंक र लाभी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापश्चात् ग्राहकहरुले लाभी रेस्टुरेन्टको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।
बंैकले हाल सबै क्षेत्रमा गरी ८९ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।