काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार १५ दशमलव ८७ अंकले उकालो लागेर २३ सय ४२ दशमलव ७६ अंकमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १८ अंकले उकालो लागेर चार सय ४३ अंकमा चढेको छ । यसदिन धितोपत्र बजारमा १२ वटा उपसमूहअन्तर्गत दुई सय ११ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ५३ हजार तीन सय ४४ पटकको कारोबारमा एक करोड ५९ लाख ८१ हजार नौ सय ५२ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब २१ करोड नौ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेढ (नेप्से)मा कारोबार भएका कुुल उपसमूहमध्ये पाँचवटा उपसमूहको सूचक ओरालो लागेका छन् भने सातवटा उपसमूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ४३ अंकले ओरालो लागेर १७ सय २७ दशमलव ८९ अंकमा चढेकोमा होटल समूहको सूचक पनि २२ दशमलव ७७ अंकले ओरालो लागेर दुुई हजार पाँच दशमलव ९१ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको सूचकहरू पनि क्रमशः आठ दशमलव ९२, ६२ दशमलव ९४ र ११ दशमलव ७७ अंंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक यसदिन दुई दशमलव एक अंकले उकालो लागेर २५ सय २४ दशमलव ६९ अंकमा चढेकोमा जलविद्युत् समूहको सूचक पनि ५३ दशमलव ५९ अंकले उकालो लागेर १८ सय १० दशमलव छ अंकमा चढेको छ ।
यीबाहेक निर्जीवन बीमा समूहको सूचक पनि एक सय ८५ दशमलव ९८ अंकले उकालो लागेर १० हजार नौ सय ४२ दशमलव आठ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि सात सय २९ दशमलव ३७ अंकले उकालो लागेर १६ हजार तीन सय ३९ दशमलव ५४ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः ४५ दशमलव ९६, २९ दशमलव १९ र शून्य दशमलव शून्य दुुई अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको बेस्ट फाइनान्सको सेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले बढेर एक सय ७७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि नौ दशमलव ९३ प्रतिशतले बढेर चार सय ९८ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९५ प्रतिशतले घटेर ३१ सय ३६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कामना सेवा विकास बैंकको सेयर मूल्य पनि तीन दशमलव ८२ अंकले घटेर दुई सय ७७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिभिल लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २८ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा ६१ करोड ४० लाख ८९ हजार पाँच सय छ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रभु बैंकको पनि प्रतिकित्ता चार सय ५२ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ५२ लाख ३२ हजार आठ सय ५३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।