काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्थाले तीन दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको २३ करोड ३९ लाख ३३ हजार सात सय रुपैयाँमध्येबाट तीन दशमलव पाँच प्रतिशत अर्थात ८१ लाख ८७ हजार छ सय ७९ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर र शून्य दशमलव १८ प्रतिशत अर्थात् चार लाख ३० हजार नौ सय ३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्वन्धी सञ्चालक समितिको यही पुस २७ गते बसेको सञ्चालक समितिको एक सय ६२औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।