काठमाडौं ।
नेपाल बंगलादेश बैंकले भक्तपुरमा पनि शाखा खोलेको छ । बैंकले शाखा विस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १, सिरुटारमा आफ्नो ९९औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकले बुधबारबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
भक्तपुर जिल्लामा उक्त शाखा बैंकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक उद्घाटन प्रमुख अतिथि भूतपूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका हुन् । उद्घाटन समारोह बैंक सञ्चालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो भने सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाहरूको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटीएमको सुभारम्भ पनि प्रमुख अतिथि बस्नेतले गरेका थिए ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । सिरुटार शाखासहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।