काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बुधबार केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरमा सरसफाइ कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले सरसफाइ कार्यक्रममा आबद्ध कर्मचारी, स्थानीय समाजसेवीलाई धन्यावादज्ञापन गर्दै २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ४६ हजारभन्दा बढी सदस्यलाई सेवा पु-याएको जानकारी दिए । संस्थाले तीन अर्ब चार करोड कर्जा लगानी गरेको र सदस्यहरूले संस्थामा ७८ करोड निक्षेप जम्मा गरेको जानकारी दिए ।
संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरू दिइरहेको, निक्षेप र कर्जा सेवाग्राहीको आवश्यकताअनुसार स्वीकार गरी उपलब्ध गराएको, समयसापेक्ष उद्यमी बन्न तालिम उपलब्ध गराइरहेको, रेमिट्यान्स सेवा, मिसकल बैंकिङ सुविधा, ग्राहक संरक्षण कोषमार्फत दैवी प्रकोपमा परेका सदस्यहरूलाई राहत, सुत्केरी सुविधा प्रदान गरिरहेको जानकारी दिएका छन् ।