काठमाडौं ।
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड २८ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ६९ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब ६७ करोड ३१ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १४ लाख १९ हजार रुपैयाँ रहेको छ भने भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ८४ करोड ७० लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ५८ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ लाख ३२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।