काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमध्येमा आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा संस्थाको यही पुस २४ गते बसेको सञ्चालक समितिको दुई सय ६४औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।