काठमाडौं ।
प्रभुु क्यापिटल लिमिटेडले ‘प्रभु दाइ’ नामक अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि सोमबारदेखि प्रभु दाइ अनलाइन सेवा सुरु गरेको हो ।
सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाइन डिम्याट खातासम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरूसम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाको जानकारी ग्राहकहरूले सहजरूपमा पाउनुका साथै लागि क्यापिटल मार्केट्ससम्बन्धी अन्य सम्पूर्ण सूचनाहरू प्रदान गर्नेछ ।
साथै प्रभु क्यापिटलले ग्राहकहरूको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरूको सेवा समयमा नै प्रदान गर्न समेत प्रतिबद्ध रहेको समेत जनाएको छ ।