काठमाडौं ।
सानिमा बैंक लिमिटेडले ललितपुरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरेका हुन् ।
उद्घाटन समारोहमा मह जोडीले कुपण्डोलमा सानिमाको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकले हाल सातै प्रदेशमा ८६ वटा शाखा, १५ विस्तारित काउन्टरर ८५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।