काठमाडौं ।
आरएमडीसी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ४७ लाख ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १४ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा नौ अर्ब ६४ करोड १० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड १२ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७० लाख ७७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य छ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संंस्थाले सात अर्ब ८५ करोड २५ लाख ३८ हजार रुपैयाँ कर्जा प्रपाह गरेको थियो । उक्त अवधिमा २३ करोड ३३ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शून्य रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात पनि शून्य नै रहेको थियो ।