काठमाडौँ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको चौथो कारोबार दिन बुुधबार कम्पनीले ३१ प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य २१ सय ९२ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता २८ सय ७२ रुपैयाँमा सेयर किनबेच भएको कम्पनीको बजार पुँजीकरण भने दुई खर्ब छ अर्ब ७८ करोड ३१ लाख ४९ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको सात अर्ब १९ करोड ९९ लाख ७० हजार चार सय रुपैयाँबराबरको सात करोड १९ लाख ९९ हजार सात सय चार कित्ता सेयर सूचीकृत रहेको छ ।