काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुलाई निर्देशन दिएका छन् । इन्टरनेट सेवाका सम्बन्धमा चर्को गुनासो आइरहेको भन्दै मन्त्री गुरुङले सेवा प्रदायक संघ, संस्थाहरुलाई सचेत गराएका हुन् ।
उनले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले गुणस्तरीय सेवा प्रवाह गरे, नगरेको अनुुगमन गर्न नेपाल दूरुसञ्चार प्राधिकरणलाई सचेत समेत गराएका छन् । ‘टावर राखिएका होलान्, अप्टिकल फाइबर बिछ्याउने काम पनि गरिएको होला’, बिहीबार सिंहदरबारमा आयोजित इन्टरनेट सेवा प्रदायक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने ।